×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बिमा संस्थानले गर्यो कमालको प्रगति, नाफामा ५२.३२ प्रतिशतको छलाङ मार्दा अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय बिमा संस्थानले गर्यो कमालको प्रगति, नाफामा ५२.३२ प्रतिशतको छलाङ मार्दा अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ५२.३२ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष ४ अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले असोज मसान्तसम्म ७.६३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै कम्पनीले ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको भने जीवन बिमा कोषमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३७ अर्ब १४ करोड पुर्याएको छ । रिजर्भ कोषमा ३५ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी