×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ करोड ११ लाख रुपैयाँ नोक्सानमा सोल्टी होटल, प्रतिसेयर आम्दानी पनि २१ पैसाले ऋणात्मक (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२ करोड ११ लाख रुपैयाँ नोक्सानमा सोल्टी होटल, प्रतिसेयर आम्दानी पनि २१ पैसाले ऋणात्मक (विस्तृत विवरणसहित)

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे पहिलो त्रैमाससम्ममा आइपुग्दा २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा पनि होटल ७ करोड ९३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कारोना महामारीले नोक्सानमा गएको सोल्टीको व्यवस्थापन पक्ष जनाएको छ ।

यस्तै सोल्टीको आम्दानी भने १४०.८५ प्रतिशतले बढेर १२ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसको आम्दानी ५ करोड १३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सञ्चालन नोक्सान भने २ करोड १ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष ५६ करोड ८४ लाख रुपैयाँ रिजर्भ कोषमा रहेको थियो भने यस वर्ष ६२ करोड ११ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २१ पैसा नोक्सानमा रहेको छ र प्रतिसेयर नेटवर्थ पनि १६ रुपैयाँ ७५ पैसा रहेको छ । हाल यसको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी