×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते डाक्यो ३५औं वार्षिक साधारणसभा, प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते डाक्यो ३५औं वार्षिक साधारणसभा, प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

३ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा डाकेको छ । बैंकले मंसिर २८ गते ३५औं वार्षिक साधारणसभा डाकेको हो । उक्त सभा केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने भएको छ । कोभिड-१९ को महामारीका कारण साधारणसभा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ । सभामा प्रस्ताव गरिएको १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

बैंकको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा हुने एजेण्डा रहेको छ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने गरिने भएको छ । तसर्थ मंसिर ९ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी