×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्त वित्तीय संस्थाको १५ हजार ८५० कित्ता लिलामी सेयरमा आवेदन भर्ने सोमबारसहित दुई दिन बाँकी

GLOBAL IME BANK

सपोर्ट लघुवित्त वित्तीय संस्थाको १५ हजार ८५० कित्ता लिलामी सेयरमा आवेदन भर्ने सोमबारसहित दुई दिन बाँकी

१२ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन भर्ने सोमबारसहित २ दिन बाँकी रहेको छ । कम्पनीले कात्तिक २९ गतेबाट १५ हजार ८५० कित्ता संस्थापक समूहको सेयर लिलामी खुला गरिरहेको छ । अब यसमा सोमबार मंसिर १३ गतेसम्म मात्र बोलपत्र आवेदन पेश गर्न सकिने भएको छ ।

कम्पनीले संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम ५५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंमा बुझाउन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: