×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २७ गते हुने, २५ प्रतिशत बोनस सेयर पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २७ गते हुने, २५ प्रतिशत बोनस सेयर पारित गरिने

Artha Sarokar

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा वार्षिक साधारणसभा हुने भएको हो । उक्त सभा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । उक्त सभाले कम्पनीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ ।

सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । यस्तै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित हुनेछ । सभा प्रयोजनार्थ लघुवित्तले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार कात्तिक ११ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभाशं पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी