Skip to content
LAXMI SUNRISE BANK

उन्नति सहकार्य लघुवित्त वित्तीय संथाको लाभांश संशोधन, सेयरधनीले अब कति लाभांश पाउछन् ?

अर्थ सरोकार

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संथाको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । कम्पनीको मंसिर ४ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । अब कम्पनीले ५ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।

केन्द्रीय बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएकाले कम्पनीले लाभांशको दर संशोधन गरेको हो । पुनः प्रस्ताव गरेको संशोधित लाभांश नियामक राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई पाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK