काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस र विश्राम कक्ष सञ्चालनमा आएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक टर्मिनल स्टेसनमा सटल बस र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम कक्षको शुभारम्भ गर्नुभयो । हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई निशुल्क सेवा दिने मन्त्री आलेले जानकारी दिनुभयो ।
त्यस्तै गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारका लागि विमानस्थलमा आराम गर्नका लागि बिश्राम गर्न कक्ष निर्माण गरिएको उहाँले बताउनुभयो । मन्त्री आलले आफुले मन्त्रीको जिम्मेवारीमा रहुन्जेलसम्म बिमानस्थलमा सुधारउन्मुख कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । विश्राम कक्षमा बैदेशिक रोजगारमा जाने श्रमिकका लागि बिभिन्न सुविधा उपलव्ध गराइएको छ । त्यस्तै कक्षमा बिमानस्थलभित्र कुनै समस्या परे गुनासो गर्नका लागि पर्यटन मन्त्रालय र बिमानस्थलको हटलाइन नम्वर राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्