×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या छिटै समाधान हुन्छ’ : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्ट)

PRIME CA

‘अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या छिटै समाधान हुन्छ’ : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्ट)

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अब पूँजीगत खर्च रफ्तारमा हुने बताउनुभएको छ । सिंहदरबारमा बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भएको भन्दै अब पूँजीगत खर्च रफ्तारमा हुने बताउनुभएको हो ।
सरकारले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गर्ने उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने जानकारी पनि दिनुभयो । मन्त्री शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताउनुभयो । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उहाँले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने दावी गर्नुभयो ।
अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या पनि छिटै समाधान हुने विश्वास उहाँको छ । बैठकमा उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी भइरहको जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: