काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागज बनाएर ऋण लिएको प्रकरणमा अनुसन्धानमा तानिएका कुमारी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना र बैंकका डेपुटी सीइओ मनिस तिमिल्सीनालाई सुटुक्क बयान लिएको खुलासा भएको छ । बैंकका एक संचालकले दिएको जानकारी अनुसार सीआइबीले केहि समय अगाडी अनुजमणि तिमिल्सीना र मनिस तिमिल्सीनाकोसमेत बयान लिएको हो । यद्यपी उनीहरुलाई पक्राउ नगरी बयान लिइएको छ । यस्तै प्रकरणमा बैंक अफ काठमाण्डुका पूर्व सीइओ अजय श्रेष्ठलाई सीआइबीले पक्राउ गरेर बयान लिएको थियो ।
‘उहाँहरुको पनि सीआइबीले बयान लिएको छ । हामीले प्राप्त गरेको जानकारी अनुसार बयानका क्रममा दुवैजनाले यस प्रकरणका बारेमा सुरुमा आफुहरुलाई थाहा नभएको बताएका छन् भने सीआइबीमा जाहेरी किन नदिएको भन्नेबारे पहिला बैंकको पैसा सुरक्षित गर्न लाग्दा ढिलो भएको जवाफ दिएका छन् ।’ बैंकका एक संचालकले अर्थ सरोकारसँग भने- ‘हामीले पनि उहाँहरुको पनि बयान भएछ भनेर पछी मात्र थाहा पायौं ।’ उनका अनुसार अनुजमणि तिमिल्सीना र मनिस तिमिल्सीना बाहेक बैंकका यो प्रकरणमा जोडिएका अन्य केहि कर्मचारीलाई पनि बयान लिइएको छ । बयानका क्रममा सबैजसो कर्मचारीले यस प्रकरणमा आफुहरु अनविज्ञ भएको बताएका छन् । उनका अनुसार रिस्क विभागका कर्मचारी, ऋण प्रवाह भएको न्युरोड शाखाका तत्कालीन प्रमुख, पर्सा शाखाका तत्कालीन प्रमुख लगायतलाई सीआइबीले बयान लिएको छ ।
यसो त सीआइबीले पनि नीजहरुसँग बयान लिएको पुष्टी गरेको छ । ‘अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिहरुसँग बयान लिनु सामान्य हो । त्यसैले बैंकका कर्मचारीसँग पनि बयान लिएको सत्य हो ।’ सीआइबी स्रोतले भन्यो- ‘अव हामी छिट्टै यो केसको निष्कर्षमा पुग्दैछौं । अहिले सीआइबीमा इक्षाराज तामाङको केस पनि छ । सिन्धु बिकास बैंकको घोटाला प्रकरण पनि छ । धेरैतिर हेर्नुपर्ने भएकाले केहि ढिलो भएको छ ।’ ६० दिनसम्म मात्र अभियुक्तलाई हिरासतमा लिन मिल्ने हुनाले पनि यो केसमा सबैको बयान सकीइसकेको सीआइबी स्रोतको दाबी छ ।
सोनु ठाकुर ‘करिब डिप्रेसन’मा !
यता यस प्रकरणमा माफियाको जालोमा परेर फसेका सोनु ठाकुर झन्डै डिप्रेसनमा पुगेको उनका आफन्तहरुले जनाएका छन् । ‘आफन्तहरु भेट्न गएका थियौं । आमा भक्कानिएर रुनुभयो । सोनुको हालत खराब छ । उ झन्डै डिप्रेसनमा पुगिसकेको जस्तो लागेको छ ।’ ठाकुरका एक आफन्तले अर्थ सरोकारसँग भने- ‘सोनुलाई प्रहरीले पक्राउ गरेपछि हाम्रो परिवारको बिजोग भएको छ । सोनुको स्वास्थ्यमा ठुलो समस्या आउला वा उसले गलत निर्णय लेलाले पनि तनाव भएको छ ।’ यता सीआइबी स्रोतले भने ठाकुरमा अहिलेसम्म त्यस्तो ठुलो स्वास्थ्य समस्या नदेखिएको र रेगुलर चेकअप भईरहेको दाबी गरेको छ ।
ठाकुरका परिवार उनलाई भेट्न केहि दिनअघि सीआइबी पुगेका थिए । सीआइबी परिसरमा उनकी आमा रोएको दृश्य सार्है कारुणिक देखिन्थ्यो । ठुलाहरुले आफुले खाएर आफ्नो निर्दोष मान्छेलाई फसाएको भन्दै सीआइबीमै ठाकुर परिवारले आक्रोशसमेत पोखेको थियो । अहिले ठाकुरलाई हिरासतमा नै राखी अनुसन्धान भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्