×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीष्मराज ढुंगाना अख्तियारको छानबिनमा, जेल जाने सम्भावना कति ?

PRIME CA
GLOBAL IME BANK

भीष्मराज ढुंगाना अख्तियारको छानबिनमा, जेल जाने सम्भावना कति ?

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा किनेर राखेको आरोपपछि निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगले पदीय मर्यादा विपरीत व्यक्तिगत लाभका लागि बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा किनेको र अस्वाभाविक कारोबार गरेको आरोपमा ढुंगानामाथि विस्तृत छानबिन सुरु गरेको हो ।
अनुसन्धानका क्रममा ढुंगानाले भ्रष्टाचार गरेको देखिए कानून बमोजिम विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी आयोगको छ । ढुंगानाविरुद्ध अख्तियारमा २०७८ साउन १४ गते सी–२१२२ दर्ता नम्बरको उजुरी परेको थियो । सो उहुरीसहित अन्य उजुरी पनि समेटेर अख्तियारले छानबिन गरिरहेको हो ।
सो सम्बन्धमा अख्तियारले उनको बयानसमेत लिइसकेको बताइएको छ । यत उनिमाथि अर्थ मन्त्रालयमासमेत उजुरी परेको थियो । अर्थ मन्त्रालयले उजुरीमाथिको छानबिनका क्रममा समिति नै बनाएको थियो । मन्त्रिपरिषदले ढुंगानामाथि छानबिन गर्न पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा समिति गठन गरेको थियो। सो समितिले दिएको रायको आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरिसकेको छ ।
यता ढुंगानाले पनि आफूलाई गलत ढंगले पदबाट हटाइएको दावी गर्दै सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट दायर गरेका छन् । ती मुद्दा हाल विचाराधीन अवस्थामा छन् । सर्वोत्तमले २०७७ साल माघ ६ गते साधारणसभाबाट बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसको करिव एक सातापछि बोर्ड अध्यक्ष ढुंगानाकी छोरीले सेयर खरीदका लागि निवेदन दिएकी थिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: