×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंक र ग्रिन हिल सिटीबीच भएको घोटाला काण्डको छानविन गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेञ्चुरी बैंक र ग्रिन हिल सिटीबीच भएको घोटाला काण्डको छानविन गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेञ्चुरी बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा भएको घोटाला छानविन गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा भएको १ करोड रुपैयाँ कीर्ते कर्जा प्रवाह काण्डको छानविन गर्न नेपाल राष्ट्र बैंकको नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो ।

पीडित शान्ता शर्माका वारेस अधिवक्ता सुमन न्यौपानेले दायर गरेको रिटमाथि सनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधिश नृपध्वज निरौलाको इजलाशले बिहिबार नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश जारी गरेको हो । सेञ्चुरी बैंक र ग्रिन हिल सिटीलाई पनि उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

यही मंसिर १४ गते दायर गरिएको रिटमा सेन्चुरी बैंकले ऋणीको नाममा ऋण प्रवाह नगरी ठगी गरेको भन्दै नेपाल राष्ट्र बैंकमा पटक पटक उजुरी गरेको थियो । सोही उजुरीको कुनै सुनुवाई नहुँदा छानविन तथा सो ऋण सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरिएको थियो । नेपाल राष्ट्र बैंकलाई समेत उच्च अदालत पाटनले छानविन नगर्नुको कारणसहित उपस्थित हुन आदेश दिएको छ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी