×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २३ मा बोलायो २०औं वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २३ मा बोलायो २०औं वार्षिक साधारणसभा

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजे हुने भएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७% बोनस सेयर र कर प्रयोजनसहित ३% नगद गरी कुल ३०% लाभांश वितरण प्रस्ताव पेश गर्ने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि कम्पनीले पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । जस अनुसार पुस ८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी