दोलखा । दोलखाको मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रेको कामलाई समयमा नै सम्पन्न नगर्ने ठेकेदारसंगको सम्झौता तोडिने भएको छ । सोमबार सिंहदरबारमा मुडे–चरिकोट सडक विस्तार संघर्ष समितिसंगको छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसअघिको ठेकेदारले काम पुरा गर्ने नदेखिएको सम्झौता तोडिने तयारी भएको बताउनुभएको हो । यो आर्थिक बर्षमा उक्त सडक आयोजना सम्पन्न गर्नका लागि नयाँ टेन्डर आह्वान गरिने उहाँले बताउनुभयो । सचिव श्रेष्ठले समयमा नै पूर्वाधार सम्पन्न नगर्ने ठेकेदारसंगको सम्झौता तोड्ने मन्त्रालयको योजना नै रहेको जानकारी दिनुभयो ।
छलफलका क्रममा दोलखा कांग्रेसका सभापति पदमा बर्मा लामाले ठेकेदारले काम गर्न नसकेकाले सरकारले नयाँ ढंगले उक्त सडक आयोजनालाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । अर्को ठेकेदार छनौटको प्रक्रियालाई छिटो अघि बढाएर सडक सम्पन्न गर्नुपर्ने उहाको भनाई छ । खाडीचौर-मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए । २०७४ भित्र सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्य अझै पनि सम्पन्न नभएपछि स्थायीन आक्रोषित बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्