×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता हकप्रद सेयर बिक्री खुला, देशभरका यी स्थानहरुबाट भर्न सकिने !

PRIME CA
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता हकप्रद सेयर बिक्री खुला, देशभरका यी स्थानहरुबाट भर्न सकिने !

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता हकप्रद सेयर आज बुधबारदेखि लिलामीमा बिक्री खुला भएको छ । बैंकले सर्वसाधारण समूहको सो सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
सो सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सो सेयरमा आवेदन दिने अन्तिम म्याद भने पुस ७ गतेसम्म रहेको छ ।
बैंकले यसअघि असोज २५ देखि कात्तिम २१ गतेसम्म २४ लाख ३३ हजार ३६३.६७ कित्ता (३०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर बैंकले अहिले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: