×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ४२% लाभांश पारित गर्न पुस ३० गते बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

GLOBAL IME BANK
SHREE KESH

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ४२% लाभांश पारित गर्न पुस ३० गते बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले कुल ४२% लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा गत वर्षको नाफाबाट ३५% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको जारी तथा पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । सभामार्फत संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुनेछ ।
यस्तै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ । सभाका लागि कम्पनीले पुस १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: