काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । आवेदन दिने म्याद तोकिएकोमा ऋणपत्र खरिदका लागि पर्याप्त आवेदन नपरेपछि पुस १ गतेसम्म म्याद थपिएको हो । बैंकले मंसिर १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ ।
बैंकले १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५५ गरिमा विकास बैंक डिबेन्चर २०८५’ निष्कासन तथा बिक्री खुला गरेको हो । यसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने २० हजार कित्ता म्युचुअल फण्डको लागि छुट्याएको छ । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
यो सात वर्षे बन्दमुखी योजना हो । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पूर्ण इकाईको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्