×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१ रुपैयाँ ६५ पैसाले बढ्यो ग्लोबल आइएमई समुन्नत योजनाको न्याभ, सूचीकृत कम्पनीको सेयरमा २ अर्बभन्दा बढीको लगानी

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना-१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । फण्डको न्याभ कात्तिक मसान्तमा १ रुपैयाँ ६५ पैसाले बढेर २२ रुपैयाँ ९८ पैसा कायम भएको हो । असोजमा फण्डको न्याभ २१ रुपैयाँ ३३ पैसा रहेको थियो ।

यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा सूचीकृत सेयरमा २ अर्ब १५ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना भने १ अर्ब ८२ करोड ९० लाख रुपैयाँको सेयर लगानी रहेको थियो । यस फण्डले कुल १ करोड १७ लाख ८५ हजार ४८५ कित्ता सेयर होल्ड गरेको छ ।

अघिल्लो महिना कुल नाफा १ करोड ६८ लाख रुपैयाँ थियो भने कात्तिक मसान्तसम्म कुल नाफा १८ करोड १९ लाख ८८ हजार रुपैयाँ रहेको छ । फण्डले इकाईधनीलाई १०० प्रतिशत नगद लाभांश दिन भएको छ । लाभांश वितरणका लागि फण्डले मंसिर २२ गते बुक क्लोज गर्ने भएको हो । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात ३ करोड ५० लाख रुपैयाँबाट घटेर २ करोड ६५ लाख रुपैयाँमा सिमित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: