काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।