काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेकोे छ । सोमबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर ९३ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।