×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजीबजार विरोधीलाई ‘नो भोट’ अभियानका अभियानता ढकाल भन्छन्-‘अर्थमन्त्रीले सेयर बजार नै बुझेनन्, अव हामी बुझाउँछौँ…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूँजीबजार विरोधीलाई ‘नो भोट’ अभियानका अभियानता ढकाल भन्छन्-‘अर्थमन्त्रीले सेयर बजार नै बुझेनन्, अव हामी बुझाउँछौँ…’

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयर लगानीकर्ताहरुले पूँजीबजार विरोधीलाई ‘नो भोट’ अभियान चलाएका छन् । नेपाली सेयर बजारलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अभियान अन्तर्गत  सामाजिक सञ्जालमार्फत यो अभियान चलिरेको छ । लगानीकर्ताहरुले ‘पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा ‘नो भोट, ४५ लाख लगानीकर्ताको आवाज’ लगायतका विभिन्न खालको स्लोगन राख्दै फेसबुक लगायतका समाजिक सञ्जालमा सेयर र प्रचारप्रसार गरिरहेका छन् । ४५ लाखभन्दा बढी व्यक्ति पुँजी बजारमा जोडिएकाले यो अभियानले खास अर्थ राख्ने लगानीकर्ताहरुको बुझाई छ ।

यता यो अभियानका अभियानतामध्येका एक हरि ढकालले अर्थमन्त्रीले सेयर बजार नै नबुझेको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार नै नबुझेकाले अव आफुहरुले अर्थमन्त्रीलाई बजार बुझाउने दाबी गरेका छन् ।

‘अर्थमन्त्रीले सेयर बजार नै बुझेनन् । अव हामी बुझाउँछौं ।’ उनले भने -‘नेपालको ठुलो पार्टीकै पार्टी सदस्यता झन्डै १० लाख मात्र हो । हामी त यहाँ ४५ लाख लगानीकर्ता छौं । यसले ठुलो अर्थ पक्कै राख्छ ।’ हेरौं उनको सो अभिव्यक्तिसहितको कार्यक्रम ‘मार्केट टक’

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी