×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जयनगर-जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै मन्त्री यादव, यसै बर्षभित्र रेल सञ्चालनमा आउने (भिडियो रिर्पोट)

जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने दावी गर्नुभएको छ । मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पुग्नुभएकी मन्त्री यादवले जयनगर-जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो । उहाँले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताउनुभयो ।

रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उहाले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको र आजै आफू काठमान्डौ पुगेर आवश्यक कागजहरुमा हस्ताक्षर गर्न लागेको बताउनुभयो । त्यस्तै रेल्वेका महाप्रवन्धक निरञ्जन झाले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भईसकेपनि कर्मचारी व्यवस्थापन, कानूर र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ति सबै प्रक्रियाहरु चाँडै पूरा गरि रेल सञ्चालनमा ल्याउने बताउनुभयो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: