×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक लिमिटेडद्धारा ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

GLOBAL IME BANK

कामना सेवा विकास बैंक लिमिटेडद्धारा ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना २ जना सेयरधनीको नाममा रहेको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । जसमा बैंकका संस्थापक सेयरधनी श्री राम पाण्डेको नाममा २६ हजार ८९४ कित्ता र रुपेश थापाको नाममा ४ हजार ८३५ कित्ता सेयर रहेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अबको ३५ दिनभित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: