×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१.०५२६ प्रतिशत लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो पुस २५ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

PRIME CA
GLOBAL IME BANK

२१.०५२६ प्रतिशत लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो पुस २५ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०औं वार्षिक साधारणसभा पुस २५ गते (आइतबार) बोलाएको छ । बैंकले सभा आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११:०० बजे बोलाएको हो ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका से यरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
यस्तै अध्यक्षको मन्तब्यसहित २०औं वार्षिक साधारणसभा (आ.व २०७७/७८) प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आ. व. २०७८/७९ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ ।
साथै संस्थाले सभा प्रयोजनका लागि पौष १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १२ गते कायम रहेका सेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: