×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २४ गते हुने, २६% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव पेस गरिने

PRIME CA
GLOBAL IME BANK

महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २४ गते हुने, २६% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव पेस गरिने

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि हुने भएको हो ।
सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव राखेको छ भने बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन । यस्तै कम्पनीले सभामा प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि राखेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेलगायतका एजेन्डा पनि रहेको छ । सभाका लागि कम्पनीले पुस १२ गते एकदिन बुक क्लोज गर्दैछ । जस अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: