×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४% लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारणसभा पुस २८ गते हुँदै, कहिले हुँदैछ बुक क्लोज ?

PRIME CA
GLOBAL IME BANK

१४% लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारणसभा पुस २८ गते हुँदै, कहिले हुँदैछ बुक क्लोज ?

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारणसभा पुस २८ गते हुने भएको छ । बनको सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे हुने भएको हो ।
सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३.३०% बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.७०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ भने आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: