काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् । कम्पनीले हाल कायम १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।