×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको १७.५७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १७.५७ प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते बुधबार बुक क्लोज गरेको छ । गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । बैंकले मंसिर २५ गते साधारणसभा बोलाएको छ । सभा बिहान ९ बजे होटल जलमहल धारापाटन पोखरामा सुरु हुने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: