×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको पन्धौं साधारणसभा सम्पन्न, १८.५०% लाभांश वितरण गर्ने प्रस्ताव पारित, कति पुग्यो चुक्ता पूँजी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ विकास बैंकको पन्धौं साधारणसभा सम्पन्न, १८.५०% लाभांश वितरण गर्ने प्रस्ताव पारित, कति पुग्यो चुक्ता पूँजी ?

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको पन्धौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको होटल जलमहर घारिपाटन पोखरामा मंसिर २५ गते सम्पन्न सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांशलगायतका एजेण्डा पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १७.५७% प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागिसमेत ०.९२% प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस पारित गरेपछि बैंकको पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ पुगेको छ। यस्तै सभाले अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७७/७८ को वित्तीय प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण पारित गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकनसमेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी