×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको वार्षिक साधारणसभा पुस ३० गते हुने, बम्पर लाभांशको प्रस्तावसहित यस्ता छन् पेस हुन् अन्य एजेन्डाहरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकको वार्षिक साधारणसभा पुस ३० गते हुने, बम्पर लाभांशको प्रस्तावसहित यस्ता छन् पेस हुन् अन्य एजेन्डाहरु !

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । बैंकको सभा केन्द्रीय कार्यालय परिसर, दरबारमार्ग काठमाडौंमा बिहान ९ः३० बजे सुरु भएको हो ।

सभामा गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३३.६०% बोनस सेयर र करसहित ४.४०% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यस्तै, अधिकृत पूँजी १९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । सभामार्फत संस्थापक सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ । सभा गर्न बैंकले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी