×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खतराजन्य पदार्थ आयात तथा निर्यातमा निगमले पायो अनुमति, जहाजलाई नाफामा पुर्याएरै छाड्ने प्रतिबद्धता (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

खतराजन्य पदार्थ आयात तथा निर्यातमा निगमले पायो अनुमति, जहाजलाई नाफामा पुर्याएरै छाड्ने प्रतिबद्धता (भिडियो)

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गरिएको छ । सोमबार पर्यटन मन्त्रालयमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले उक्त प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्याएरै छाड्ने बताउनुभयो ।

उहाँले अहिले पनि ५० अर्वभन्दा पनि बढि ऋण रहेको भन्दै निगमको खर्च घटाएर नाफामा लैजाने धारणा राख्नुभयो । त्यस्तै मन्त्री आलेले अन्तराष्ट्रिय मापदण्ड पुरा गरेर खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र पाएको भन्दै व्यवसायीहरुलाई सिधै सामान ल्याउन सहज हुने र राज्यलाई पनि नाफा हुने उल्लेख गर्नुभयो । त्यस्तै नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीले निगममाथि आएका दायित्व गम्भीर भएर पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: