×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७% लाभांश पारित गर्ने विशेष एजेण्डासहित नेपाल बैंकको वार्षिक साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् अन्य एजेण्डाहरु

PRIME CA
GLOBAL IME BANK

१७% लाभांश पारित गर्ने विशेष एजेण्डासहित नेपाल बैंकको वार्षिक साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् अन्य एजेण्डाहरु

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंक लिमिटेडको वार्षिक साधारणसभा भोलि शुक्रबार हुँदैछ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।
उक्त सभाले बैंकको १७ प्रतिशत लाभांश पारित गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस्तै बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज गरेको छ । तर्सथ मंसिर २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: