×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको २ लाख १३ हजार कित्ता संस्थापक सेयर सोमबारदेखि बिक्रीमा, कस-कसले पाउँछन् खरिद गर्न ?

PRIME CA
GLOBAL IME BANK

नेपाल लाइफ इन्स्योरेन्सको २ लाख १३ हजार कित्ता संस्थापक सेयर सोमबारदेखि बिक्रीमा, कस-कसले पाउँछन् खरिद गर्न ?

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका केहि संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । कम्पनीले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेज्मेन्टको नाममा रहेको २ लाख कित्ता र अर्का संस्थापक सेयरधनी अशोक कुमार अग्रवालको नाममा १३ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा इन्स्योरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात आज मंसिर २७ गतेदेखि ३५ दिनभित्र नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: