×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित एसबिआई बैंकले पुस २० मा बोलायो वार्षिक साधारणसभा, अन्य एजेन्डा के-के छन् ?

PRIME CA
GLOBAL IME BANK

लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित एसबिआई बैंकले पुस २० मा बोलायो वार्षिक साधारणसभा, अन्य एजेन्डा के-के छन् ?

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल एसबिआई बैंकले २८औं वार्षिक साधारणसभा पुस २० गते बोलाएको छ । बैंकले सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै बोनस वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि सभामा रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
साथै आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण गर्नको लागि बैंकले पुस ७ गतेबाट २० गतेसम्म बुक क्लोज गर्दैछ । जस अनुसार पुस ६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: