×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गुड बनाउन उखुको रस उमाल्दै बेलौरीका मजदुर, साढे छ वर्षपुग्दासमेत बनेन् शिवपार्वती मन्दिर

GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : गुड बनाउन उखुको रस उमाल्दै बेलौरीका मजदुर, साढे छ वर्षपुग्दासमेत बनेन् शिवपार्वती मन्दिर

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बेलौरी नगरपालिकाको रामनगरस्थित खाँडसारी उद्योगमा गुड बनाउन उखुको रस उमाल्दै गरेका मजदुरदेखि टेकोका भरमा रहेको शिवपार्वती मन्दिरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बेलौरी नगरपालिकाको रामनगरस्थित खाँडसारी उद्योगमा गुड बनाउन उखुको रस उमाल्दै मजदुर ।

विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा टेकोका भरमा ठडिएको शिवपार्वती मन्दिरको साढे छ वर्षपुग्दा समेत अझै पुनर्निर्माण पुरा हुन सकेको छैन । जिर्ण मन्दिरको छिँडीमा जाडोमा घाम ताप्न सर्वसाधारण बस्दा झनै जोखिम बढेको छ ।

म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा उत्पादन भएको मुला समाएर पृष्ठभूमिमा अन्नपूर्ण हिमालसहित तस्बिर खिचाउँदै स्थानीय युवती । पर्यटकीय सम्भावनायुक्त टोड्के मुला खेतीका लागि प्रसिद्ध छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको नीलगिरि हिमाल ।

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सञ्चालित गुडिया तथा सजावटका सामग्री बनाउने तालिममा सीप सिक्दै सहभागी । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् सञ्चालित तालिममा १८ जनाको सहभागिता छ ।

पोखरा– २८, लामतारीका स्थानीय किसान दाइँ हाल्दै । पछिल्लो समय थ्रेसरको प्रयोग बढेसँगै दाइँ संस्कृति कम हुन थालेको छ ।

नृत्य प्रस्तुतका लागि मगर समुदायको परम्परागत पहिरनमा सजिएका किशोरी ।

जुम्लाको तिला गाउँपालिका –१ मा परम्परागत पानी घट्ट । बढ्दो आधुनिकतासँगै कुटानी पिसानीको प्रविधि आएपनि यहाँका स्थानीयवासी अझै पानी घट्टमै पिठो पिस्न बाध्य छन् ।

रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा सजाइएको जनकपुरधाम । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीताको बिहे भएको सम्झनामा बुधबार विवाह पञ्चमी महोत्सवको जनकपुरधाममा रौनक छाएको छ  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: