×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको वार्षिक साधारणसभा आइतबार, १२.६३ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिने ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रभु बैंकको वार्षिक साधारणसभा आइतबार, १२.६३ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिने ! (विवरणसहित)

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस १८ गते आइबार हुने भएको छ । बैंकले सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल पनि हुनेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । सभाका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएकाले स ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी