×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले पठायो ५ सय रुपैयाँ दरका नयाँ नोट बजारमा, यस्ता छन् विशेषताहरु !

GLOBAL IME BANK
SHREE KESH

राष्ट्र बैंकले पठायो ५ सय रुपैयाँ दरका नयाँ नोट बजारमा, यस्ता छन् विशेषताहरु !

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि ५ सयको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापनका अनुसार साविककै आकारमा तथा रङगमा, सङकेत नं छ ३८०००००१ देखि झ ४२९९९९९९ सम्मका ५ सय रुपैयाँ दरका नयाँ नोट चलनचल्नीमा आएका हुन् ।
राष्ट्र बैंकले नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ सय तुरुन्त पाइनेछ, भन्ने प्रतिज्ञामुलक वाक्याशंसहित देहाय बमोजिमका विशेषताहरु भएको नोट यही २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा ल्याएको जनाएको छ ।
नोटको अग्र भागमा :
१ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।
२ नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
३ नोटमा गभर्नरको दीतखत रहने स्थानमा महा प्रसाद अधिकारीको दस्तखत रहेको छ ।
४ नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बार नेपालीमा वि सं लेखिएको छ ।
५ ३.५ मि.मी चैेडा भएको रङ परिवर्तन हुने ९ नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने० सुरक्षणको रहेको छ ।
६ सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको छ ।
७ लालीगरराँस पानी छापको बायाँतर्फ फरक क्षमता भएको (दृष्टिविहिन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको छ ।
नोटको पृष्ट भाग :
१ नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।
२ नोटको मध्य भगमा पाटेबाघको चित्र रहेको छ ।
३ नोटको ताल्लो भागमा अंग्रेजीमा पुपीस फाइप हन्रेट लेखिएको छ ।
४ नोटको तल्ललो भागको बोर्डरमा नोटको सिरियल नम्बर अंग्रेजीमा २०२० ए डी लेखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: