×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाने होइन त सरकारी जागिर ? राष्ट्रिय बीमा कम्पनीले माग्यो चौथो तहदेखि नवौँ तहसम्मको लागि कर्मचारी (भ्याकेन्सीसहित)

PRIME CA

खाने होइन त सरकारी जागिर ? राष्ट्रिय बीमा कम्पनीले माग्यो चौथो तहदेखि नवौँ तहसम्मको लागि कर्मचारी (भ्याकेन्सीसहित)

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले चौथो तहदेखि नवौँ तहसम्मका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले सहायक ‘ख’ (चौथो तह) मा ६ र सहायक ‘क’ (पाँचौँ) मा ४ जनाको माग गरेको छ भने सूचना प्राविधिक अधिकृत (छैटौँ तह) मा २ जना र सूचना प्राविधिक सहायक (पाँचौँ तह) मा १ जना माग गरेको छ ।
यस्तै सातौँ तहअन्तर्गत कम्पनीले नायब व्यवस्थक, कानुन अधिकत र सूचना प्राविधिक अधिकृतमा १–१ जनाका लागि दरखास्त आह्वान गरेको छ। आठौँ तहको सह-व्यवस्थापकमा २ जना र नवौँ तहको व्यवस्थापकमा १ जना कर्मचारी भर्न गर्ने गरी कम्पनीले सो विज्ञापन खुलाएको छ।
इच्छुकले आउँदो माघ १ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी माघ ८ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: