×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित पुनर्बीमा कम्पनीले बोलायो पुस २२ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

PRIME CA
GLOBAL IME BANK

लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित पुनर्बीमा कम्पनीले बोलायो पुस २२ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते छैंठौं वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १६.५०% बोनस सेयर र कर प्रयोजनसहित गरेर २.५०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
यस्तै कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा रहेको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा गर्नको लागिकम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएकाले पुस १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: