काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुष ३ गते हुने भएको छ । कम्पनीले लाभांश वितरण गर्ने पस्ताव पारित गर्ने एजेन्डासहित पुष ३ गते वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले ३१.०५% बोनस सेयर र कर तिर्न १.६३% नगद गरी कुल ३२.६८% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुष २ गतेसम्म बुक क्लोज गरिरहेको छ । जस अनुसार मंसिर १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।