×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर निष्कासनको लागि समृद्धि फाइनान्स कम्पनीले गर्यो बुक क्लोजको मिति तय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर निष्कासनको लागि समृद्धि फाइनान्स कम्पनीले गर्यो बुक क्लोजको मिति तय

Artha Sarokar

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५०% हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि पुस ११ गते बुक क्लोज गर्ने भएको हो । यसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले धितोपत्र बोडबाट २ः१ अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले सोहि पूँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी