×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६.३१% लाभांश पारित गर्न साना किसान लघुवित्त वित्तीय संस्थाले बोलायो पुस १८ गते एजिएम, यस्ता छन् अन्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२६.३१% लाभांश पारित गर्न साना किसान लघुवित्त वित्तीय संस्थाले बोलायो पुस १८ गते एजिएम, यस्ता छन् अन्य एजेन्डा

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १८ गते हुने भएको छ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे हुने भएको हो ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र कर तिर्न १.३१% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्ने भएको छ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
यस्तै बोनस वितरणपछि चुक्ता पूँजीबढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । सभाका लागि यस कम्पनीले पुस ५ गते बुक क्लोज गर्नेछ । जस अनुसार पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी