×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्न साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा आइतबार हुँदै, अरु एजेन्डा के-के ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लाभांश पारित गर्न साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा आइतबार हुँदै, अरु एजेन्डा के-के ?

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा पनि आइतबार हुने भएको छ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजेदेखि हुने भएको हो ।
सभाले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले सभा प्रयोजनको लागि पुस ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस आधारमा पुस ४ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी