×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाण्डेलाई च्यापेर सानिमाका सेकेन्ड म्यान तेजबहादुरलाई ‘धोका’, भीआरएसका नाममा यसरी बन्द गरिंदैछ बैंकको ढोका !

PRIME CA
GLOBAL IME BANK

पाण्डेलाई च्यापेर सानिमाका सेकेन्ड म्यान तेजबहादुरलाई ‘धोका’, भीआरएसका नाममा यसरी बन्द गरिंदैछ बैंकको ढोका !

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सानिमा बैंकको सीइओमा निश्चलराज पाण्डे नियुक्त हुने भएका छन् । बैंकका सीइओ  भुवनकुमार दाहालको कार्यकाल सकिएसँगै उनले बैंक छोड्ने भएपछी  पाण्डेलाई सानिमा बैंकको सीइओको जिम्मेवारी दिन लागिएको हो । आगामी माघ ११ गते भुवन दाहालको कार्यकाल सकिदैछ भने उनी त्यसको केहि समय अगाडी देखि नै बिदामा हुनेछन् । मिति अनुसार दाहालको कार्यकाल सकिएकै भोलिपल्टदेखि पाण्डेले बैंकको कार्यभार सम्हाल्नेछन् ।  बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) अनुसार कुनैपनि बैंकमा सिइओ नियुक्ति भएपछि उसले २ कार्यकाल भन्दा बढी बस्न नमिल्ने व्यवस्था छ । यहि व्यवस्था अनुसार भुवन दाहालले सानिमा बैंक छोड्दैछन् ।

यता भुवन दाहालले छोडेसँगै तेश्रो बरियाताकाका पाण्डेलाई सीइओ बनाईने भएपछी बैंकमा दोश्रो बरियतामा रहेका तेजबहादुर चन्दलाई भने बैंकले भीआरएसका नाममा बिदा गर्ने रणनीति लिएको बुझिएको छ । ‘पाण्डे सरलाई सीइओ बनाउने फाइनल भईसकेको छ । अव चन्दजीलाई भीआरएस दिएर बिदा दिंदैछौं ।’ सानिमाका एक संचालकले अर्थ सरोकारसँग भने- ‘केहि समयपछी चन्दजीलाई बोर्डमै ल्याउनेसमेत तयारी छ । अव चन्दजीले अरु बैंकमा जाने निर्णय गर्नुभयो भने उहाँ बोर्डमा आउनुहुन्न । नत्र उहाँ सानिमा बैंकमा बोर्डमा रहनुहुनेछ ।

‘किन भयो त धोका ?’ हाम्रो प्रश्नमा सानिमा बैंकका संचालक भन्छन्- ‘यसलाई धोकाको रुपमा नलिउं । उहाँले अहिले सानिमा बैंक हाँक्न सक्नुहुन्छ भन्ने कुरामा सायद बोर्ड कन्भिन्स्ड भएन होला ।’

‘अनि दोश्रो बरियताको मान्छेले हाँक्न नसक्ने बैंक तेश्रोले सक्छ त ?’ हाम्रो प्रश्नमा उनले भने- ‘तपाईंको यो बुझाई नै गलत छ । सीइओ भएर बैंक चलाउनु र स्थाई कर्मचारी भएर बैंक चलाउनु फरक छ । पाण्डे सर नै उपयुक्त पात्र सम्झेर हामीले उहाँलाई सीइओ बनाउने निर्णय गरेका हौँ ।’  यसो त भुवन दाहाल सीइओ हुँदा सानिमा बैंकभित्र थुप्रै काण्डहरु पनि घटेका थिए भने बैंक विभिन्न कुरामा विवादमा आएको थियो । हरेकजसो विवादमा चन्द जोडिएका थिए । यद्यपी दोश्रो बरियतालाई स्वीकार नगरेर तेश्रो बरियताको मान्छेलाई सीइओ बनाउने काम भने ‘धोका’ नै रहेको बैंकिङ जानकारहरु बताउँछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: