×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा बुधबार, लाभांश वितरण गर्ने प्रस्तावसहित यस्ता छन् अन्य पेस हुने एजेन्डाहरु

PRIME CA
GLOBAL IME BANK

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा बुधबार, लाभांश वितरण गर्ने प्रस्तावसहित यस्ता छन् अन्य पेस हुने एजेन्डाहरु

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा बुधबार (मंसिर २९ गते) हुने भएको छ । सभा महाराजा रिसोर्ट, बुटवल रुपन्देहीमा बिहान ११ बजे हुने भएको हो । बैंकले सभामा ११.५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.९३% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभाका लागि बैंकले मंसिर १७ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: