×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरण गर्ने एजेन्डा पारित गर्न सिद्धार्थ बैंकले बोलायो पुस ३० गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लाभांश वितरण गर्ने एजेन्डा पारित गर्न सिद्धार्थ बैंकले बोलायो पुस ३० गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंकको वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काडठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद गरी कुल १५% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्नेछ ।

साथै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

सभा गर्न बैंकले पुस १८ गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी