×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५.२८% बोनस र एफपीओको एजेन्डा पारित गर्ने उद्देश्यसहित समीट लघुवित्तले पुस २४ गते बोलायो वार्षिक साधारणसभा

PRIME CA
GLOBAL IME BANK

२५.२८% बोनस र एफपीओको एजेन्डा पारित गर्ने उद्देश्यसहित समीट लघुवित्तले पुस २४ गते बोलायो वार्षिक साधारणसभा

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बोनस सेयर र एफपीओको एजेन्डा पारित गर्ने उद्देश्यसहित समीट लघुवित्त वित्तीय संस्थाले पुस २४ गते वार्षिक साधारणसभा गर्ने बोलाएको छ । कम्पनीले सभा आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे बोलाएको हो ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट २५.२८% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । समिट र सजिलो लघुवित्त मर्ज भएर २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने कर भने लगानीकर्ताले स्वयंले तिर्नुपर्नेछ ।
यस्तै मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पूँजीको अनुपात मिलन गर्न अपुग ७ लाख ५१ हजार ७१२ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गर्नेछ ।
साथै कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: