×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस ८ गते हुने, ३४ प्रतिशत लाभांश पारित गरिने विषेश प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस ८ गते वार्षिकसाधारण बोलाएको हो । सभामा गत वर्षको नाफाबाट ३२.३० प्रतिशत बोनस सेयर र कर तिर्न १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण परित गर्ने एजेण्डा पनि रहेको छ । सभा पुस ८ गते दिउँसो १ बजेदेखि भर्चुअलमाध्यमबाट हुने कम्पनीले जनाएको छ ।कम्पनीले सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २२ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: