×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीको पहिलो त्रैमासमा आकर्षक प्रगति, कमायो १ करोड १८ लाख रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तेह्रथुम पावर कम्पनीको पहिलो त्रैमासमा आकर्षक प्रगति, कमायो १ करोड १८ लाख रुपैयाँ खुद नाफा

Artha Sarokar

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तेह्रथुम पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यो त्रैमासमा बढाएर १ करोड १८ लाख रुपैयाँ पुर्याएको छ ।

बिजुली बिक्रीबाट हुने आम्दानी पनि १०७.१६ प्रतिशतले बढेको छ । गत वर्ष २ करोड ३० लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी गरेको तेह्रथुम पावरले यो त्रैमासमा बढाएर ४ करोड ७६ लाख रुपैयाँ पुर्याएको हो । हाल यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ कोष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै प्रतिसेयर आम्दानी १२ रुपैयाँ (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी