×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारसम्म यी १३ बैंकका एटिएम कार्ड नचल्ने, यस्तो छ कारण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

मंगलबारसम्म यी १३ बैंकका एटिएम कार्ड नचल्ने, यस्तो छ कारण !

काठमाडौं । आज सोमबार र मंगलबार १३ वटा बैंकका एटिएम कार्ड नचल्ने भएका छन् । स्मार्टच्वाइस टेक्नोलोजिज प्रणालीमा आवद्ध रहेका १३ वटा बैंकहरुको स्विचिङ्ग सिस्टम अपग्रेड गर्नुपर्ने भएकोले आज र भोलि एटिएम कार्ड नचल्ने भएका हुन् ।
‘यस कम्पनीको स्विचिङ्ग सिस्टम अपग्रेड गर्नुपर्ने भएकोले यदि पुस २६ गते र २७ गते यस संस्थामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुद्धारा सञ्चालनमा रहेका SCT-UPI कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम सेवा बन्द रहनेछन् ।’ स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गरेको सूचनामा उल्लेख छ ।
एटिएम कार्ड नचल्ने बैंकहरुमा कृषि विकास बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, ग्लोवल आईएमई बैंक, हिमालयन बैंक, मेगा बैंक, नबिल बैंक, एनएमबि बैंक, प्रभु बैंक, ग्रिन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् ।
यस्तै १३ वटा फाइनान्स कम्पनीको एटिएमसमेत दुई दिनसम्म नचल्ने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: