×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा ४१.६१ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको खुद नाफा, रिजर्भ कोषमा ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ जम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दोस्रो त्रैमासमा ४१.६१ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको खुद नाफा, रिजर्भ कोषमा ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ जम्मा

Artha Sarokar

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पुस मसान्तसम्ममा सिटिजन्स बैंकले १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ४१.६१% ले बढेर १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसै अवधिमा भने बैंकले ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको  खुद ब्याज आम्दानी ४८.०६% र सञ्चालन नाफा ४५.९३% ले बढेको छ । बैंकको वित्तीय विवरण अनुसार चुक्ता पूँजी १४ अर्ब माथि पुगेको छ भने रिजर्भ कोषमा ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ जम्मा भएको छ ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी ३८ पैसाले घटेर १७ रुपैयाँ ४५ पैसा रहेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने १३८ रुपैयाँ ४८ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी